
बेइनिङ, चिनियाँ अन्तरिक्ष यान चुरोङ रोभर मङ्गल ग्रहमा सफलतापूर्बक अवतरण गरेको छ । सात महिनाको अन्तरिक्ष यात्रा अर्थात् तीन महिनासम्म कक्षको परिक्रमापछि मङ्गलमा सफलतापूर्वक यान अवतरण गराउने चीन दोस्रो राष्ट्र बनेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार शनिबार सात बजेर १८ मिनेट जाँदा उक्त यान मङगल टेकेको हो । यसअघि अमेरिकाले मङ्गलमा सफलतापूर्वक यान अवतरण गराएको थियो ।
छ पाङ्ग्रासहितको रोभर मङ्गल ग्रहको उत्तरी गोलाद्र्धको हिस्सा यूटोपिया प्लेनीशिया समतल भूभागमा टेकेको छ । चिनियाँ भाषामा ‘चुरोङ’लाई अग्नि देवको रुपमा अथ्र्याइने गरिन्छ ।
चुरोङ रोभरलाई तिअन्वेन–१ आर्बिटरले मङ्गलसम्म बोकेको थियो । मङ्गलमाथि तिअन्वेन–१ गत् फेब्रुअरी महिनामा आइपुगेको थियो ।
पृथ्वीबाट मङ्गलको दूरी ३२ करोड किलोमिटर रहेको छ । मङ्गलबाट पठाइने रेडियो सन्देश पृथ्वीमा आइपुग्न १८ मिनेट लाग्छ । चुरोङको सफल अवतरणपछि यानले मङ्गलको ९० दिनको अवलोकन गर्नुका साथै भौगोलिक अवस्थाबारे अवलोकन गर्नेछ ।
यस्तै चीनका राष्ट्रपति सी चिनफिङले एक विशेष सन्देश जारी गरेर उक्त यान अवतरण गराउने समूहलाई बधाइ दिएका छन् । रोभरको ‘सोलार प्यानेल’ खुल्न अवतरण गरेको १७ मिनेट समय लिएर पृथ्वीमा संकेत पठाएको थियो । एजेन्सी






