June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

भारतमा थप तीन लाख ६२ हजार बढीमा संक्रमण, चार हजार १२० जनाको मृत्यु

नयाँदिल्ली, भारतमा पछिल्लो २४ घण्टामा थप तीन लाख ६२ हजार ७२७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । १८ लाख ६४ हजार ५९४ जनामा गरिएको परीक्षण तीन लाख ६२ हजार ७२७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

भारतीय समाचारमाध्यमका अनुसार गत २४ घण्टामा तीन लाख ५२ हजार १८१ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म एक करोड ९७ लाख ३४ हजार ८२३ जना सङ्क्रमित निको भएका छन् ।

भारतमा हालसम्म दुई करोड ३७ लाख तीन हजार ६६५ जना सङ्क्रमित भएका छन् । भारतमा हाल ३७ लाख १० हजार ५२५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा चार हजार १२० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई लाख ५८ हजार ३१७ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको हो । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको