June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

भारतमा एकैदिन ४ हजार २०५ जनाको मृत्यु

नयाँदिल्ली, विश्वव्यापी महामारी कोरोना संक्रमणको दोस्रो लहर भयावह रुपमा फैलिरहेको छिमेकी मुलुक भारतमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको हुने बिरामीको संख्या धेरै छ ।

मंगलबार थप ३ लाख ४८ हजार ३८९ जनाम कोरोना संक्रमण पुष्टि भएको छ भने ३ लाख ५५ हजार २५६ संक्रमित निको भएका छन् । यसअघि सोमबार ३ लाख २९ हजार ४९१ संक्रमित भेटिएका थिए र ३ लाख ५५ हजार ९३० बिरामी निको भएका थिए ।

भारतीय सञ्चारमाध्यम बीबीसी हिन्दीक अनुसार भारतमा कोरोनाबाट हुने मृत्युको आँकडा पनि चिन्ताजनक किसिमको छ । पछिल्लो २४ घण्टामा ४ हजार २०५ संक्रमितको ज्यान गएको लगतार तेस्रो पटक मृतकको संख्या ४ हजार पार भएको छ ।

यसअघि ७ मे मा ४ हजर २३३ र ८ मेमा ४,०९२ मानिसहरुले यो महामारीमा ज्यान गुमाएका थिए । पछिल्लो दुई दिनमा पनि सक्रिय संक्रमित पनि करिब ४२ हजार घटेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको