June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

इजरायलले गरेको बमबारीमा ३५ प्यालेस्टाइनीको मृत्यु

गाजा, इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा भीषण बमबारी गरेको छ । सोमबारदेखि गरेको बमबारी बुधबार बिहानैदेखि निरन्तरता दिएको हो ।

लगातार गरेको सो बमबारीमा कम्तिमा ३५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १० जना बालबालिका रहेको अलजजिराले उल्लेख गरेको छ ।

आक्रमण सन् २०१४ यताकै सबभन्दा ठुलो भएको बताइएको छ । यससँगै इजरायल–प्लोस्टाइन तनाव झन चर्किएको छ । दुवै पक्षले आक्रमणलाई तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

मंगलबार प्यालेस्टाइनी सेनाले इजरायलमाथि सयौँ रकेट प्रहार गरेको थियो । आक्रमणमा ३ जनाको मृत्यु हुनाको साथै १२ जना घाइते भएको बताइएको छ । यसअघि इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणको जवाफ स्वरूप प्यालेस्टाइनले रकेट आक्रमण गरेको हो ।

सो आक्रमणपछि इजरायलले लड सहरमा संकटकाल घोषणा गरेको छ । मंगलबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संकटकाल घोषणा गरेका हुन् ।अन्नपूर्ण पोस्टबाट

शीर्ष समाचार

धेरै पढिएको