April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

रुसी विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा ८ बालबालिकासहित नौ जनाको मृत्यु

मस्को, रुसको कजान शहरस्थित एक विद्यालयमा गोली प्रहार हुँदा आठ बालबालिकासहित नौ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार राजधानी मस्कोभन्दा करिब ८२० किलोमिटर पूर्बमा रहेको कजान शहरमा भएको उक्त घटनामा एकजना शिक्षकको समेत मृत्यु भएको हो ।

दुई जनाको समूह विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उक्त घटनाको क्रममा समूहले एक जना १७ वर्षीय युवालाई बन्धक समेत बनाएको छ । यसबारे घटनाको थप बिवरण अझै आउन बाँकी नै रहेको बीबीसीले उल्लेख गरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको