June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

भारतमा कोरोना संक्रमणबाट एकैदिन ३ हजार ८७६ जनाको मृत्यु

नयाँदिल्ली, भारतमा एकैदिम कोरोना संक्रमणबाट थप ३ हजार ८७६ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ३ लाख २९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड २९ लाख ९२ हजार नाघेको छ । यस्तै त्यहाँ अहिलेसम्म कोरोना संक्रमणका कारण २ लाख ४९ हजार ९९२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको कर्नाटकमा ३९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको