June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

भारतमा थप ३ लाख ६६ हजार बढीमा कोरोना संक्रमण

नयाँदिल्ली, विश्वव्यापी महामारी कोरोना संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही गिरावट आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा गत २४ घण्टामा भारतमा ३ लाख ६६ हजार ४९९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या २ करोड २६ लाख ६२ हजार ४१० पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

यस्तै यो सामाग्री तयार पार्दासम्म भारतमा १ करोड ८६ लाख ६५ हजार २६६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ५० हजार ९९८ छ ।

भारतमा एकैदिन ३७ सय ४८ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा मृतक संख्या २ लाख ४६ हजार १४६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको