June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

काबुलमा विद्यालय बाहिर भीषण बिस्फोट हुँदा ५० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

काबुल, अफगानिस्तानको काबुलस्थित एक बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालय बाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त बिस्फोटमा अन्य १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा बिस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम बिस्फोटजस्तो देखिएको बताएका छन् । अन्य दुई वटा बिस्फोटन भने बारुदी सुरुङबाट भएको प्रवक्ता फरदौसले बताए ।

विद्यार्थीहरु विद्यालय छुट्टी भएर आआफ्ना घरतिर जानै लाग्दा बिस्फोट भएको छ । अधिकांश पीडितहरु विद्यालयका केटाकेटी रहेको अनुमान गरिएको छ भने बाटो हिँड्ने व्यक्तिहरुको पनि मृत्यु वा घाइते भएका प्रहरीको भनाई छ ।

अफगानिस्तानको सबैभन्दा ठूलो विद्रोही समूह तालिबान भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यस घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको तालिबानको आरोप छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको