April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

अनियन्त्रित चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खस्यो

मालदिभ्स, अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष आइतबार हिन्द महासागरमा खसेको छ ।

बीबीसीका अनुसार २१ टन क्षमताको लङ मार्च ५ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको हो ।

रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने अनुमान् गरिए पनि हिन्द महासागरमा खसेको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । घटनामा मानवीय क्षति भएको जानकारी प्राप्त नभएको खबरमा उल्लेख गरिएको छ ।

यस्तै भग्नावशेषको धेरैजसो भाग भने पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै नष्ट भएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

सन् १९९० यता १० टनभन्दा बढी तौल भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खसेको यो पहिलो पटक हो । यो रकेटलाई चीनले अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको