June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

संक्रमितबाट ६ फिटको दूरीमा रहे पनि भाइरस सर्न सक्ने सिडिसीको चेतावनी

वासिङ्टन, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले कोरोना भाइरसको संक्रमण वायुको माध्यमबाट पनि सर्ने सम्भावना रहेको बताएको छ ।

सिडिसीले शुक्रबार जारी गरेको कोरोना भाइरस सम्बन्धी सार्वजनिक निर्देशिकामा संक्रमण सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि हुन सक्ने उल्लेख गरेको छ ।

सास फेर्ने हावामा रहेका कोरोना भाइरसयुक्त ओसिला कणहरुका कारण संक्रमण फैलिन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।

भाइरसलाई छोएको हात वा कोरोना भाइरसयुक्त ओसिला कण मुख, नाक र आँखाको सम्पर्कमा आएमा संक्रमण हुन सक्ने सिडिसीले जनाएको छ ।

वायुमार्फत पनि सर्ने भाइरसहरु संक्रमित व्यक्तिबाट ६ फिटको दूरीमा रहे पनि आफ्नो शरीरमा आउन सक्ने चेतावनी सिडिसीले दिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको