June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

भारतमा एकैदिन ४ लाख १४ हजार बढीमा कोरोना संक्रमण

नयाँदिल्ली, विश्वव्यापी महामारी कोभिड-१९ को दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम हुने गरेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या हालसम्मकै उच्च हो । यसअघि विहीबार ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो
म्म्म?सँगै भारतमा संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ छ ।

यस्तै त्यहाँ एकैदिन ३९ सय २० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको