June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगित, कुटनीतिक सम्बन्धमा थप चिसोपन

बेइजिङ, चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ ।

कोरोना भाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ ।

साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि घोषणा गरिरहेको छ । बिहीबारको उक्त घोषणाले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धमा थप चिसोपन ल्याउने सङ्केत गरेको छ ।

साङ्केतिक भए पनि संवाद स्थगनले विशेष अर्थ राख्ने एसिया–प्रशान्त क्षेत्र सम्बन्धी अस्ट्रेलियाली कुटनीतिका जानकार केटलिन बायर्नले बताएका छन् । उनका अनुसार दुबै मुलुकबीच सन् २०१७ यता कुनै छलफल नै भएको छैन ।

चीनले अस्ट्रेलियाली कोइला, गहुँ र अन्य सामाको आयात रोक्का गरेपछि दुबै देशबीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको छ । चीनले एकपछि अर्को दबाब दिए पनि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनको सरकार टसको मस भएको छैन ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको