June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

कोलम्बियामा सरकार विरोधी प्रदर्शन थप उग्र बन्दै

कोलम्बिया, कोलम्बियामा सरकारविरुद्ध प्रदर्शन उग्र बन्दै गएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार ८ दिनदेखि भइरहेको उक्त प्रदर्शनमा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको बताइएको छ ।

बोगोटोको मुख्य स्क्वायरमा हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुलाई हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । कतिपय स्थानमा गोली समेत चलेको बताइएको छ ।

यस्तै प्रदर्शनकारीहरुले भने प्रहरी दमनबिच आन्दोलन जारी रहने घोषणा गरेका छन् । राष्ट्रपति इभान डुकेले ट्याक्स रिफर्मु कानुन ल्याएपछि गत हप्तादेखि प्रदर्शन सुरु भएको थियो ।

सरकारी अधिकारीहरुका अनुसार सरकारविरुद्ध प्रदर्शनमा हालसम्म ३० भन्दा बढी नागरिकको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ५ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

सरकारले प्रदर्शनपछि ट्याक्स रिफर्मु कानुन फिर्ता लिए पनि प्रदर्शनभने अझै रोकिएको छैन । प्रदर्शनकारीहरुले कानुन फिर्ता लिएपछि सरकारले त्यसलाई परिवर्तन नगरेको भन्दै सडक संघर्ष जारी रहने बताएका छन् ।

उनीहरुले राष्ट्रपति इभान सरकार रहेसम्म गरिब जनतामाथि दमन हुने भन्दै सरकारविरुद्ध उभिने बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको