April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

रुसले नेपाललाई ८० लाख काेभिड खाेप उपलब्ध गराउने

सन् २०२१ को अन्त्यसम्म नेपाललाई कोभिड खोपको
८० लाख मात्रा उपलब्ध गराउन रुसी उत्पादक निकायले प्रतिबद्धता जनाएको र त्यसको लागतसहितका विषयमा छलफल भइरहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।

भारतको सीरम इन्स्टिट्यूटले यसअघि खरिद सम्झौता भएको १० लाख अक्सफर्ड-आस्ट्राजेनेकाको खोप प्राप्तिमा ठोस प्रगति नभएको समयमा नेपालले अरू देशहरूसँग पनि छलफल अघि बढाएको मन्त्री त्रिपाठीले बताए।

मन्त्री त्रिपाठीका अनुसार चीन र अमेरिकाबाट पनि खोप भित्र्याउने विषयमा दुवै देशका अधिकारीहरूसँग छलफल भइरहेको छ।

खोपको आपूर्तिमा देखिएको अनिश्चितताले ज्येष्ठ नागरिकसहित पहिलो मात्रा कोभिशील्ड लिएका लाखौँ व्यक्तिहरूलाई दोस्रो खोप उपलब्ध गराउने सरकारी अभियान प्रभावित हुन सक्ने चिन्ता उत्पन्न भएको छ। बीबीसीबाट

शीर्ष समाचार

धेरै पढिएको