May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

मेक्सिकोमा ओभरपास भत्किएर मेट्रो ट्रेन खस्दा १५ जनाको मृत्यु, ७० जना घाइते

  • 6
    Shares

मेक्सिको, मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ओभरपास भत्किएर मेट्रो ट्रेन सडकमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । सोमबार राति मेट्रो ट्रेन गुडिरहँदा ओभरपास भत्किएर सडकमा खसेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा परी ७० जना घाइते भएका छन् भने मेट्रो ट्रेन ओभरपास मुनि सडकमा गुडिरहेका कारहरूमाथि खसेको बताइएको छ ।

मेक्सिको सिटीका मेयर क्लाउडिया शिनबौमले १५ जनाको मृत्यु भएको पुष्टि गर्दै उनले ट्विटरमा लेखेका छन्, “दुर्भाग्यवश त्यहाँ मृतक र घाइते मानिस छन्। अहिले म घटनास्थलमा कमान्ड सेन्टर स्थापना गर्न सहयोग गर्दैछु ।”

शीर्ष समाचार

धेरै पढिएको