May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

नाइजरमा विद्रोहीको आक्रमणमा परि १६ सैनिकको मृत्यु, ६ जना घाइते

  • 12
    Shares
file photo

नाइजर, पश्चिम अफ्रिकी मुलुक नाइजरमा विद्रोही समूहको आक्रमणमा परेर १६ जना सैनिकको मृत्यु भएको छ । पश्चिमी नाइजरको ताहोउ क्षेत्र नजिक विद्रोहीले गरेको आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै ६ सैनिक घाइते भएका छन् ।

यस्तै एक जना सैनिक बेपत्ता भएको सेनाको भनाइ छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विद्रोहीले सेनालाई बारुदी सुरुङमा पारेर आक्रमण गरेका छन् भने हालसम्म सो आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।

छिमेकी देश चाडमा सक्रिय बोको हराम र उत्तरी मालीमा सक्रिय जिहादीका कारण सो क्षेत्रमा नाइजर सेना लक्षित आक्रमण हुने गरेको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको