May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

भारतमा थप तीन लाख ६८ हजारमा कोरोना पुष्टि, साढे तीन हजारको मृत्यु

  • 8
    Shares

नयाँदिल्ली, भारतमा विगत २४ घण्टामा थप तीन लाख ६८ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोनाबाट ३४ सय १७ जनाको मृत्यु भएको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख १३ हजार ६४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ९९ लाख २५ हजार ६०४ तथा ज्यान गुमाउनेको संख्या दुई लाख १८ हजार ९५९ पुगेको छ ।

यस्तै अहिलेसम्म १५ करोड ७१ हजार ९८ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् भने पछिल्लो दिनहरूमा भारतमा अक्सिजनको हाहाकार फैलिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको