May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

शाङ्घाई नजिक आँधीबेरीमा परी कम्तीमा ११ को मृत्यु, १०२ जना घाइते

  • 14
    Shares

शाङ्घाई, शाङ्घाईको नजिकैको एउटा शहरमा आएको घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । सोही आधीमा सयभन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले शनिबार बताएका छन् ।

शुक्रबार साँझ माछा मार्न गएका माछा मार्ने डुङ्गामा रहेका नौ जना आँधीपछि सम्पर्कमा आएका छैनन् भने सोही डुङ्गाका अन्य दुई जनालाई सकुशल उद्धार गरिएको छ ।

याङ्जे नदीको उत्तरी किनारमा रहेको ८० लाख जनसङ्ख्या रहेको नान्तोङ शहर र वरपरका क्षेत्रमा ठूला असिनासहित आएको आँधीबेरीमा परी उनीहरूको मृत्यु भएको चिनियाँ वेबसाइट ‘ट्यूटियाओ डटकम’ले जनाएको छ ।

आँधीपछि कतिपय मृतकहरू रूख र बिजुलीको खम्बाले थिचिएको अवस्थामा भेटिएका थिए । यस्तै अन्यलाई बतासले पानीमा फ्याँकिएको अवस्थामा पाइएको स्थानीय अधिकारीहरूले सामाजिक सञ्जाल ओइवोमार्फत् जानकारी गराएका छन् ।

आँधीका कारण कम्तीमा १०२ जना घाइते भएका छन्, धेरै घरहरू भत्किएका छन् भने करिब तीन हजार स्थानीयलाई सुरक्षितस्थलमा सारिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको