April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

भारतमा एकैदिन ४ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि, तीन हजार ५२३ जनाको मृत्यु

नयाँदिल्ली, भारतमा एकैदिन चार लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारी सुरु भएयता दैनिक सङ्क्रमितको सङ्ख्या यो नै उच्च भएको अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको छ ।

गत २४ घण्टमा कोरोना संक्रमणका कारण तीन हजार ५२३ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ३२ लाख ६८ हजार १७० रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको