May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

म्यानमारमा युद्ध विरामको समयावधि एक महिना थपियो

  • 40
    Shares

याङ्गुन, म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ । आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रधान सेनापतिको कार्यालयद्वारा जारी वक्तव्यमा वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै युद्धबिरामको समयावधि लम्ब्याइएको उल्लेख छ ।

सेनाले कारबाही सम्बन्धी कामहरु नगरे पनि आन्तरिक तथा प्रशासनिक र नियमित कामहरु भने गरिरहने पनि वक्तव्यमा जनाइएको छ । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएर शासन गर्न थालेको छ भने नेताहरुलाई बन्दी बनाइएको छ । 

सेनाले सत्ता नियन्त्रणमा लिएको विरोधमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा सयौँको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् । 

सेनाले लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेको भन्दै संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय र विश्वका धेरै देशहरुले विरोध जनाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको