May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

भारतमा एकै दिन तीन लाख ८६ हजार बढीमा कोरोना संक्रमण

  • 15
    Shares

नयाँदिल्ली, भारतमा कारोना संक्रमणको दर दिनानुदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारी फैलिएयता गत २४ घण्टामा थपिएका संक्रमितको संख्या हालसम्मकै सबैभन्दा धेरै रहेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाबाट कारण मृत्यु भएको छ ।

दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ४५० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशभर कुल सङ्क्रमित मध्ये अहिलेसम्म कुल एक करोड ५३ लाख ८४ हजार ४१८ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कुल एक करोड ८७ लाख ६२ हजार ९७६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

ती मध्ये ३१ लाख ७० हजार २२८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ । भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको