May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

कोरोना नियन्त्रणमा लगाइएको प्रतिबन्ध फुकुवा नगर्न डब्ल्यूएचओको चेतावनी

  • 3
    Shares

जेनेभा, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध फुकुवा नगर्न चेतावनी दिएको छ । अहिले नै प्रतिबन्ध हटाए संक्रमणले आँधीको रुप लिने भन्दै यूरोपेली राष्ट्रहरुलाई डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।

यूरोपका लागि डब्लूएचओका प्रमुख हेन्स क्लुगले यस्तो बताएका हुन् । उनले प्रतिबन्ध हटाएमा यूरोपमा पनि भारतको जस्तै अवस्था आउनसक्ने भन्दै प्रतिबन्ध कायम राख्न सुझाव दिएका छन् ।

यस्तै पछिल्लो समय भारतमा कोरोनाको नयाँ लहर तीव्र गतिमा फैलिँदा ठूलो जनधनको क्षति भइसकेको छ । भारतको अवस्थाप्रति अन्य देशहरुले समेत चिन्ता व्यक्त गरेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको