April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

इजरायलमा धार्मिक पर्व मनाउने क्रममा भागदौड हुँदा ४४ जनाको मृत्यु


जेरुसेलम, इजरायलमा धार्मिक पर्व मनाउने क्रममा भागदौड हुँदा दर्जनौं व्यक्तिको मृत्यु भएको छ । बीबीसीका अनुसार बिहीबार उत्तरपूर्वी इजरायलयमा यहुदीहरुको पर्व मनाउने क्रममा मच्चिएको भागदौडमा कम्तीमा ४४ जनाको मृत्यु भएको हो ।

उक्त घटनाको प्रारम्भिक विवरण अनुसार मानिसहरु भेला भएको स्थानमा एउटा भौतिक संरचना भत्किएको थियो । तर सरकारी अधिकारीले भने त्यतिबेला भागदौड नमच्चिएको दाबी गरेका छन् ।

स्थानीय अखबार हारेत्जका अनुसार केही मानिस सिँढीमा लड्न थालेपछि भागदौड मच्चिन थालेको हो । त्यस्तै भागदौडमा घाइते भएका ३८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त घटनालाई ‘ठूलो विपत्ति’ का रुपमा व्याख्या गरेका छन् । माउन्ट मेरोनको फेदीमा लाग बोमर पर्व मनाउन हजारौंको संख्यामा मानिस उपस्थित भएको बताइएको छ ।

यस्तै कोरोना महामारी सुरु भएयता ठूलो संख्यामा मानिसहरु पर्व मनाउन भेला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको