May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

रुसकाे काेराेना खाेप बंगलादेशमा प्रयाेग गर्न अनुमति

  • 9
    Shares

ढाका बङ्गलादेशमा रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बङ्गलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बङ्गलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन् ।

उनले बुधबार भनेका छन् रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका बंगलादेशमा अनुमति दिएको हाे। रहमानले भने– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको थियोे ।

आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको