May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

  • 10
    Shares

नयाँदिल्ली, भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ ।  गत २४ घण्टायत तीन हजार २२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै मृत्यु हुनेको संख्या दुई लाख एक हजार १८७ पुगेको हो ।

एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष शुरु भए यताकै यो सबै भन्दा धेरै भएको समाचारमा जनाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार एकै दिनमा तीन लाख ६० हजार ९६० जनामा कोरोना सङ्क्रमण देखिएपछि भारतमा हालसम्म एक करोड ७९ लाख ९७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका छ ।

    
एकै दिन तीन लाखभन्दा बढी कोरोना सङ्क्रमित भेटिएका यो सातौँ दिन भएको बताइएको छ । कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।

भारतमा हाल सक्रिय सङ्क्रमितको संख्या २९ लाख ७८ हजारभन्दा बढी रहेको छ । भारतमा हालसम्म एक करोड ४८ लाख १७ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको