May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

भारतमा एकैदिन तीन लाख ५२ हजार बढीमा कोरोना संक्रमण, झन्डै ३ हजारको मृत्यु

  • 18
    Shares

नयाँदिल्ली, भारतमा एकै दिन तीन लाख ५२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । त्यहाँ एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो पाँचौ दिन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट दुुई हजार ८१२ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

भारतमा हाल २८ लाख १३ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म १ करोड ४३ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा मात्र दुई लाख १९ हजार २२७ जना कोरोना मुक्त भएका छन् ।

कोरोना महामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो अधिक संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको