
याङ्गुन, म्यान्मारका सेना प्रमुख जनरल मिन अङ लाइङ मुलुकमामा सैन्य कू गरेपछि पहिलोपटक विदेश भ्रमणमा निस्कने भएका छन् ।
बीबीसीका अनुसार आसियन राष्ट्रहरुको क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि उनी शनिबार इन्डोनेसियाको जाकार्तामा हुने सम्मेलनमा उपस्थित हुने भएका हुन् ।
गत फेब्रुअरी १ देखि म्यान्मारमा सैन्य शासन लागू भएको छ । एक वर्षसम्म संकटकाल घोषणा गरेको म्यान्मारका सेनाका अनुसार निष्पक्ष चुनाव गराएर मात्र सत्ता हस्तान्तरण हुने बताइएको छ ।
लोकतान्त्रिक नेतृ आङ साङ सुचीको पार्टीले धाँधली गरेर चुनावमा बहुमत प्राप्त गरेको भन्दै सेनाले सत्ता हत्याएका थिए ।
हाल सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरलाई सेनाले हिरासतमा लिएका छन् । सैन्य शासनको विरोधमा महिनौंयता जारी प्रदर्शका क्रममा ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।एजेन्सी






