
नयाँदिल्ली, भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड बनिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।
एकैदिन थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको छ । संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै उच्च हो । यसअघि (शुक्रबार) वैशाख १० मा भारतमा दोस्रो धेरै ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको थियो ।
योसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ६२१ जनाको मृत्यु भएको छ ।एजेन्सी






