December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

कोरोना महामारी नियन्त्रणमा भारतलाई सक्दो सहयोग गर्ने चीनको प्रतिबद्धता

काठमाडौं, भारतमा कोरोना संक्रमणको प्रकोप बढिरहेको बेलामा चीनले आवश्यक सहयोग तथा सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छ । बिहिवार यस विषयमा बोल्दै चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वी मेले कोभिड–१९ महामारी मानवताको शत्रु भएको र निवारणका लागि अन्तर्राष्ट्रिय एकता तथा पारस्परिक सहायता आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘भारतमा कोरोनाका कारण हालत बिग्रिएको र चिकित्सा आपूर्तिमा समस्या रहेको चीनलाई थाहा छ । महामारीमा नियन्त्रणका लागि चीनले भारतलाई सम्भव भएसम्म सहायता उपलब्ध गराउनेछ ।’

यस्तै भारतमा कोरोनाभाइरसको नयाँ स्वरूप द्रुत गतिमा फैलिएको र मानव शरीरको रोगप्रतिरोधक क्षमतालाई बाइपास गर्न सक्षम रहेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको