December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

भारतमा अक्सिजन नपाउँदा २५ जनाको मृत्यु

file photo

नयाँदिल्ली, कोरोना महामारी भयावह भएसँगै भारतमा अक्सिजन अभाव बढ्दै गएको छ । भारतको राजधानी दिल्लीमा अक्सिजन नपाउँदा २५ जना बिरामीको ज्यान गएको छ भने ६० जना ज्यान उच्च जोखिममा परेको छ ।

दिल्लीको सर गंगाराम अस्पतालका निर्देशकका अनुसार अस्पतालमा अक्सिजन नहुँदा ६० जना गम्भीर बिरामी खतरामा परेका बताएका छन् ।
गत २४ घण्टामा उक्त अस्पतालमा २५ जना बिरामीको ज्यान गएको छ ।

उनीहरुलाई अक्सिजनको अभाव भएको स्रोतलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ । अस्पतालका निर्देशकले अब आफूहरुसँग दुई घण्टालाई मात्रै पुग्ने अक्सिजन रहेको पनि बताएका छन् ।

उनले अस्पतालमा रहेका भेन्टिलेटरले काम गर्न छोडेको बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै दिल्लीका अस्पतालहरु बिरामीले भरिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ३२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा २ हजार २ सय ५६ जनाको ज्यान गएको छ ।

शीर्ष समाचार

धेरै पढिएको