May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

पाकिस्तानमा चिनियाँ राजदूत लक्षित गरी बम विस्फोट, चार जनाको मृत्यु,

  • 27
    Shares

क्वेटा, पाकिस्तानी क्वेटा शहरस्थिति एक होटलमा बुधबार राती भएको बम विस्फोटमा परी कम्तीमा चारजना मारिएका छन् । अन्य एक दर्जन घाइते भएका देशका गृह मन्त्री शेख रशीद अहमदले बताएका छन् ।

होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो । पाकिस्तानस्थित चिनियाँ राजदूतलक्षित गरी सो आक्रमण गरिएको आशंका गरिएको छ ।

चिनियाँ राजदूत अफगानिस्तानको सिमानानजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सेरेना होटलमा बसेका थिए । तर विस्फोटका बेला उनी  घटना क्षेत्रमा नरहेको बताइएको छ । 

पाकिस्तानको क्वेटा शहरमा अवस्थित  होटल सेरेना उच्च अधिकारीको रोजाइमा रहेको होटलको रुपमा रहेको बताइएको छ । पाकिस्तानी तालिबान लडाकूँ समूह यस आक्रमणको जिम्मेवारी लिएका छन् ।

उक्त समूह र अन्य लडाकू सङ्गठनहरुले पछिल्ला महिनाहरुमा अफगानिस्तानसँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको