December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन साढे ३ हजार जनाको मृत्यु

ब्रसिलिया, ब्राजिलमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट तीन हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ एकैदिन कोरोनाबाट ३ हजार ४७२ जनाको ज्यान गएको हो ।

योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधीमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४१ लाख २२ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेप्नु परेको छ । प्रकोपका कारण नागरिकमा जन स्वास्थ्य सम्बन्धी सुविधा पुर्‍याउन नै समस्या भएको बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको