December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

भारतमा कोरोना संक्रमण भयावह, एकैदिन थपिए ३ लाख संक्रमित

नयाँदिल्ली, भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिरहेको बेला देशभरका अस्पतालमा अक्सिजन र बेड अभाव भएको छ । यसै बेला भारतमा एकैदिन करिब ३ लाख जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसरी भारतमा एकैदिन २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको यो सातौं दिन हो ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा २ हजार २३ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५ सय ५३ पुगेको छ ।य्स्तै त्यहाँ कोरोना संक्रमितको संख्या १ करोड ५६ लाख १६ हजार ३९ पुगेको छ । भने १ करोड ३२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या २१ लाख ५७ हजारभन्दा बढी रहेको छ । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ५ सय १९ जनाको मृत्यु भएको छ ।

उनले दिल्लीका अस्पतालमा केही घण्टाका लागि मात्रै अक्सिजन मौज्दात रहेको पनि बताएका छन् । दिल्ली सरकारले समयमै अक्सिजनको आपूर्ति नहुने भने दिल्लीमा हाहाकार मच्चिने पनि बताएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको