May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

इन्डोनेसियामा पुनः ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

  • 4
    Shares

जकार्ता, इन्डोनेसियाको पश्चिमी क्षेत्रस्थित नियासमा मंगलबार ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । उत्तरी सूमात्रामा ५ दशमलब ९ म्याग्निच्यूडको भूकम्प गएको केही बेरमै पछिल्लो भूकम्प गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त भूकम्प १० किलोमिटरको गहिराइमा गएको थियो । भूकम्पका कारण कति क्षति भयो भन्ने विवरण आइसकेको छैन । इन्डोनेसियामा २०२१ सुरु भएपछि मात्रै साना-ठूला गरी सयौँ भूकम्पको झट्का गइसकेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको