December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

अमेरिकी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको निधन

काठमाडौं, अमेरिका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले ९३ वर्षको उमेरमा निधन भएको छ । उनका छोराले सोमबार नै विज्ञप्तिमार्फत् जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । 

उनी अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति थिए । त्यसैगरी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनयन पनि भएका थिए ।

पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेलाई कुनै त्यस्तो रोग नरहेको र उनको सोमबार निधन भएको उनको परिवारले जनाएको छ ।

उनी उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर थिए । उनी १२ वर्ष सम्म अमेरिकाको सिनेटर रहेका थिए । अमेरिकको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उनले १२ वर्षसम्म सिनेटरका रुपमा सेवा गरेका थिए । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको