December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघ्यो

नयाँदिल्ली, भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म एक करोड ५३ लाख २१ हजार ८९ जना कोरोना सङ्क्रमित भएका छन् । 

भारतमा कोरोना संक्रमणबाट एकै दिनमा दुई लाख ५९ हजार १७० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ७६१ जनाको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ ।

यस्तै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ८० हजार ५३० पुगेको देखिएको छ । भारतमा अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक करोड ३१ लाख ८ हजार ५८२ पुगेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको