December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

मंगल ग्रहमा नासाको सानो हेलिकोप्टर उडान सफल

वासिङ्टन, अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगल ग्रहमा एउटा सानो  हेलिकोप्टर सफलतापूर्वक उडाएको छ । इन्जेन्युएटी नामक उक्त ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ । त्यसको पुष्टि मंगल  ग्रहस्थित एउटा भू-उपग्रहमार्फत् आएको हो जसले पृथ्वीमा उक्त  हेलिकोप्टरको डेटा पठाएको थियो ।

अन्तरिक्ष निकायले आउँदा दिनमा थप उत्साहप्रद उडानहरू गर्ने वाचा गरिरहेको छ । इन्जेन्युएटीलाई अझ लामो र उचाइमा उडान गर्न आदेश दिइने छ किनकि इन्जिनियरहरू प्रविधिको सीमितताको परीक्षण गर्न चाहन्छन् ।

उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मंगल ग्रह पुर्याएको हो । पर्सिभिअरन्स रोभर गत फेब्रुवरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको