December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्न चीन र अमेरिका सहमत

वासिङ्टन, जलवायु परिवर्तनका असरहरूविरुद्ध लड्न अन्य देशहरूसँग सहकार्यका लागि चीन र अमेरिका सहमत भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जलवायुसम्बन्धी चिनियाँ दूत सीअ चेनहुवा र उनका अमेरिकी समकक्षी जोन केरीबीच केरीबीच चीनको सांघाईमा गत साता भएका बैठकपछि उक्त सहमति जुटेको हो ।

आइतबार जारी संयुक्त वक्तव्यमा दुई देशहरू उत्सर्जन घटाउनका लागि ठोस कदम चाल्न सहमत भएका जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता जलवायु परिवर्तनसम्बनधी भर्चुअल बैठक गर्दै छन् । यद्यपि, उक्त बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी हुने/नहुनेबारे भने केही उल्लेख गरिएको छैन् ।

विश्वका अधिकांश नेताहरूको उपस्थिति रहने बैठकमा सीलाई उपस्थित हुन आग्रह गरिएको जनाइएको छ । ‘जलवायु परिवर्तनका कारण उत्पन्न संकटसँग जुध्न अमेरिका र चीनले एक अर्काका साथै अन्य देशसँग समन्वय गर्न सहमत भएका छन्,’ दुई देशद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यस्तै विकासोन्मुख देशलाई कम कार्बन उत्सर्जनका लागि दुवै देशले आर्थिक सहयोगसमेत गर्न समहत भएका बीबीसीले उल्लेख जनाएको छ । वातावरणसम्बन्धी समूह ग्रिनपिसका वरिष्ठ सल्लाहकार ली सुवोले ‘दुई देशबीचको सहमति सकारात्मक भएको’ जनाएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको