November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

भारतमा एकैदिन थपिए २ लाख ६० हजारभन्दा बढी कोरोना संक्रमित

नयाँदिल्ली, भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । भारतमा हालसम्मकै उच्च एकैदिन २ लाख ६० हजार ५३ जना नयाँ संक्रमितको थपिएका छन् । यसअघि शुक्रबार २ लाख ३३ लाख संक्रमित भेटिएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार १५६ मानिसहरु कोरोनामुक्त भएका छन् भने १४ सय ९२ को मृत्यु भएको छ । शनिबार भारतको विभिन्न राज्यमा सबैभन्दा बढी संक्रमित भेटिए । जसमध्ये महाराष्ट्र (६७,१२३), उत्तर प्रदेश (२७,३३४), दिल्ली (२४,३७५), कर्नाटक (१७,४८९) र छत्तीसगढ (१६,०८३) समावेश छन् ।

सक्रिय संक्रमितको संख्या पनि लगातार बढिरहेको छ । हाल भारतमा १७ लाख ९३ हजार ९७६ जनाको उपचार चलिरहेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको