November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

भारतको कुम्भमेलामा सहभागी भएका एक हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं, भारतको हरिद्वारमा कुम्भमेलाका लागि ठूलो संख्यामा मानिसहरू जम्मा भएको भेलामा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय अधिकारीहरूका अनुसार दुई महिनासम्म चल्ने सो मेलाको एक मुहूर्तमा मङ्गलवार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौँ मानिसले बुधवार पनि पवित्र गङ्गा नदीमा स्नान गरेको बताइएको छ ।

भारतमा दैनिकजसो कोरोना संक्रमण तिव्र दरमा बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो संख्यामा मानिसहरू भेला भएका थिए । भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि अहिलेसम्मकै सर्वाधिक दैनिक संक्रमण पुष्टि भएको छ ।

बिहीवार बिहान भारत सरकारले २४ घण्टाको अवधिमा २,००,७३९ कोभिड देखिएको तथ्यांक सार्वजनिक गरेको छ । सोही अवधिमा १,०३८ संक्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला उक्त मेला आयोजना गर्न दिइएको भन्दै सरकारको आलोचना भएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको