November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

भारतमा पहिलोपटक एकैदिन दुई लाखभन्दा बढीमा कोरोना संक्रमण

नयाँदिल्ली, छिमेकी राष्ट्र भारतमा पछिल्लो पटक दुई लाख बढीमा कोरोना भाइरसका संक्रमण फेला परेका छन् । गत २४ घण्टामा त्यहाँ २ लाख ७ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार विश्वमा कोरोना महामारी शुरु भएयता भारतमा एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि हिजो मात्रै त्यहाँ १ लाख ८५ हजार भन्दा बढी संक्रमित थपिएका थिए ।

संक्रमणको दोस्रो लहर विश्वभर नै दिनहुँ भयावह हुँदा त्यसबाट भारत सबैभन्दा बढी प्रभावित भएको मुलुक हो । १ करोड ४० लाख ७४ हजार ५६४ पुगेको छ ।त्यस्तै सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ८७७ रहेको छ भने संक्रमणमुक्त हुने १ करोड २४ लाख नाघेका छन् ।

भारतपछि अमेरिकामा ७८ हजार, ब्राजिलमा ७५ हजार, टर्कीमा ६२ तथा फ्रान्समा ४३ हजार भन्दा बढी संक्रमित भए । पछिल्लो पटक विश्वभर ८ लाख ३ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिए ।
सोही अवधिमा संक्रमणबाट सबैभन्दा बढी ब्राजिलमा ३ हजार ४ सय भन्दा बढीले ज्यान गुमाए ।

त्यस्तै भारतमा एक हजार ३८ तथा अमेरिकामा ९ सय भन्दा बढीको मृत्यु भयो । पछिल्लो पटक विश्वमा कोरोना संक्रमित मध्ये झण्डै १३ हजार ५ सय जनाले ज्यान गुमाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको