May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

भारतमा एकैदिन थपिए १ लाख ६८ हजारभन्दा बढी कोरोना संक्रमित

  • 5
    Shares

नयाँदिल्ली, भारतमा कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ६८ हजार ९१२ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा उच्च हो ।

यस्तै गत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट थप ९०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७० हजार १ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३५ लाख नाघेको छ ।


भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार १ करोड २१ लाखभन्दा बढी कोरोना निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १२ लाखभन्दा बढी रहेको छ ।


संक्रमणका हिसाबले भारत ब्राजिललाई पछि पार्दै विश्वकै दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म १ करोड ३४ लाख ८२ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने ३ लाख ५३ हजार १ सय ३७ जनाको मृत्यु भएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको