May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

फिलीपको अप्रिल १७ मा गरिने अन्त्येष्टिमा ३० जना मात्र सहभागी गराइने

  • 12
    Shares

लन्डन, बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताका अनुसार ९९ वर्षको उमेरमा स्वर्गारोहण भएका फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको हो ।

गत शुक्रबार नै उनको निधन भएपनि संवैधानिक प्रक्रिया मार्फत अन्त्येष्टि गर्नु पर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।

कोरोना महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ । उनको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ ।

शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ । उनको निधनपछि बेलायती पूर्व युवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किनु हुने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको