May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

बेलायतकी रानी एलिजाबेथका श्रीमान फिलिपको निधन

  • 1
    Share

लन्डन, बेलायतकी रानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको भएको छ । राजकुमार फिलिपको विन्डसर क्यालमा शुक्रवार बिहान निधन भएको हो ।

बेलायती बकिङ्घम राजदरबारका अनुसार राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको हो । राजकुमार फिलिप र राजकुमारी एलिजाबेथ सन् १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि राजकुमारी एलिजाबेथ रानी बनेका थिए ।

बकिङ्घम राजदरबारले एक विज्ञप्ति निकाल्दै भनेको छ, निकै दुखका साथ रानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको घोषणा गरेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले राजकुमार फिलिपले कैयौँ युवाको जीवनमा प्रेरणा दिएको बताएका छन् । यस्तै उनी गएको महिना द ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको