April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

विश्वका सबैभन्दा धेरै अर्बपति भएको शहरमा बेइजिङ

  • 10
    Shares


बेइजिङ, चीनको राजधानी बेइजिङ विश्वका सबैभन्दा धेरै अर्बपति भएको शहर बनेको छ । फोब्र्सले मंगलबार सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको पछिल्लो सूचि अनुसार अमेकिराको न्यूयोर्क सिटीलाई पछि पार्दै बेइजिङ्ग अग्रस्थानमा पुगेको हो ।


फोब्र्सका अनुसार बेइजिङ्गमा अर्बपतिको कुल संख्या १०० पुगेको छ । गत वर्ष बेइजिङ्गमा ३३ अर्बपति थपिएका हुन् । फोब्र्सका अनुसार अमेरिकाको न्यूयोर्क शहरमा अर्बपतिको संख्या ९९ रहेको छ ।

गत सात वर्षदेखि न्यूयोर्क शहर धनाढ्य अर्बपतिहरुको सूचिमा शीर्ष स्थानमा रहँदै आएको थियो । कोरोना भाइरसको महामारीमाथि चीनले तीव्र गतिमा कायम गरेको नियन्त्रण, प्रविधि क्षेत्रमा चिनियाँ कम्पनीको बढ्दो वर्चश्व र शेयर बजारले चिनियाँ धनाढ्यहरुलाई अर्बपतिको सूचिमा थप्ने क्रम तीव्र भएको हो ।

यस्तै, अर्बपतिको संख्या बेइजिङमा धेरै भए पनि अर्बपतिहरुको कुल सम्पतीमा भने न्यूयोर्क नै अघि छ । न्यूयोर्कका अर्बपतिहरुको कुल सम्पत्ती बेइजिङ्गका अर्बपतिको भन्दा ८० बिलियन अमेरिकी डलर बढी रहेको बताइएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको