April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

लन्डनका लागि म्यान्मारका राजदूतलाई राजदूतावास प्रवेशमा निषेध

  • 7
    Shares

लन्डन, लन्डनका लागि म्यान्मारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन् ।

क्व जो मीनले सैनिक सहचारीले कर्मचारीहरूलाई राजदूतावासबाट निस्किन निर्देशन दिएको र आफूलाई उनले अब देशको प्रतिनिधि नरहेको जानकारी गराएको जनाएका छन् ।

समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावास प्रवेश गर्न नदिइएको जानकारी दिएका हुन् । म्यान्मारमा सेनाले माघ १९ गते देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो ।

त्यसपछि त्यहाँ विरोधप्रदर्शनहरू भइरहेका छन् । म्यान्मारमा प्रजातान्त्रिक नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न दबाव दिनका लागि आयोजना गरिएका प्रदर्शनहरूमा ५०० जनाभन्दा बढी सर्वसाधारणहरूको ज्यान गइसकेको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको