April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

भारतमा कोरोना भयावह बन्दै, एकैदिन १ लाख २६ हजार बढीमा संक्रमण पुष्टि

  • 32
    Shares

नयाँदिल्ली, भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । त्यहाँ संक्रमणको पहिलो लहर यसअघिको भन्दा दुई गुणाले बढिरहेको बताइएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ । यो कोरोना महामारी सुरु भएयताकै सबैभन्दा उच्च हो ।

यस्तै गत २४ घण्टामा भारतमा थप ६सय ८५ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ६ सय ६२ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म १ करोड २९ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै संक्रमण पुष्टि भएकामध्ये १ करोड १८ लाखभन्दा बढी निको भएका छन् । भारत सरकारले संक्रमण बढ्न थालेपछि विगत केही सातायता खोप अभियानलाई पनि तीव्रता दिएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार २९ लाख ७९ हजारभन्दा बढीले खोप लगाएका थिए । योसँगै भारतमा हालसम्म ९ करोड १ लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको