April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन कम्तीमा ४ हजारको मृत्यु

ब्रासिलिया, ब्राजिलमा कोरोना संक्रमणबाट एकै दिन कम्तीमा ४ हजार जनाको मृत्यु भएको छ । त्यहाँका सरकारी अधिकारीहरूका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणका कारण ४ हजार १ सय ९५ जनाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार कोरोना भाइरसका कारण ब्राजिलमा एकै दिन मृत्यु भएको हालसम्मकै ठूलो संख्या हो । कोरोना महामारीबाट प्रभावित देशको सूचीमा दोस्रो स्थानमा रहेको छ ।

यस्तै, ब्राजिलमा कोरोनाबाट हालसम्म ३ लाख ३६ हजार ९ सय ४७ जनाको मृत्यु भइसकेको छ । बुधबार साँझसम्म संक्रमित हुनेको संख्या १ करोड ३१ लाख ५ सय ८० पुगिसकेको छ ।

तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तथा लकडाउन घोषणा नगरिने जनाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको