April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

म्यानमार प्रदर्शनमा थप सात जनाको मृत्यु

  • 5
    Shares

याङ्गुन, म्यान्मारमा सैनिक ‘कु’ अर्थात् सरकार विरोधी प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । बुधबार गरिएको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट उनीहरुको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ जना केलका र २ जना बागोका रहेका समाचार संस्था रोयटर्सले जनाएको छ । प्रदर्शनकारीले बुधबार यांगुनस्थित एक चिनियाँ उद्योगमा आगो लगाइदिएका बीबीसीले जनाएको छ ।

साथै उनीहरूले चिनियाँ झन्डासमेत जलाएका छन् ।
म्यान्मारमा गत नोभेम्बरमा सम्पन्न भएको चुनावमा धाँधली भएको भन्दै म्यान्मारको सेनाले फेब्रुअरी १ मा सत्ता हात लिएको हो ।

त्यसयता लोकतन्त्र पक्षधरहरूले आन्दोलन चर्काएका हुन् । स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने चुनावमा धाँधली नभएको बताउने गरेका छन् ।

पछिल्ला समय सैनिक सरकारले प्रदर्शनकारीमाथि अत्यधिक दमन गर्न थालेको छ । प्रदर्शनका क्रममा हालसम्म ५ सय ८० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको