April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

फोर्ब्सको धनाढ्य सुचिमा जेफ कायमै, सुचिमा विनोद चौधरी खस्किए

  • 10
    Shares

काठमाडौं, फोर्ब्स म्यागजिनले यो बर्षको धानाढ्यहरूको सूची सार्वजनिक गरेको छ । मंगलबार प्रकाशित गरेको २ हजार २ सय ५५ जना अर्बपति सूचीमा अमेजनका सं,स्थापक जेफ बेजोस यसपालि पनि सूचीको पहिलो नम्बरमा छन् ।

उनको सम्पत्ति १७७ अर्ब डलर छ । त्यस्तै टेस्लाका मालिक एलन मस्कको सम्पत्ति १५१ अर्ब डलर पुगेको छ । गत वर्ष २४.६ अर्ब डलरसहित सूचीको ३१ औं स्थानमा रहेका मस्क यसपालि सोझै नम्बर २ मा पुगेका हुन् ।

फ्रान्सका बर्नार्ड अर्नल्ट एण्ड फेमिली तेस्रो स्थानमा छन् । उनीहरुले पेरिसमा विलासी वस्तुको उत्पादन गर्ने गर्छन् । उनको कूल सम्पत्ति १६३.७ बिलियन डलर रहेको छ । यसवर्ष उनको सम्पत्तिमा १ बिलियन डलर थपिएको छ ।

यस्तै, माइक्रोसफ्टका मालिक बिल गेट्स १२९.२ बिलियन डलरसहित चौथो स्थानमा छन् । उनको यसवर्ष कूल सम्पत्तिमा १०५ मिलियन डलर घटेको छ ।

पाँचौं स्थानमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेको छ । उनको कूल सम्पत्ति १११.६ बिलियन डलर रहेको छ । उनको सम्पत्ति पनि यसवर्ष ९५१ मिलियन डलर घटेको छ ।

कूल सम्पत्ति ९९.८ बिलियन डलरसहित बहुराष्ट्रिय कम्पनीका मालिक वारेन बुफेट छैटौं स्थानमा आसिन छन् । उनको सम्पत्तिमा ३४० मिलियन डलर थपिएको छ ।

यस्तै, ल्यारी एलिसन, ल्यारी पेज, सर्जे ब्रिन क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहेका छन् । यो वर्ष यी तीनैजनाको सम्पत्ति घटेको छ ।

भारतका धनाढ्य मुकेश अम्बानी ७७.३ बिलियन डलरसहित यो सूचीको दशौं स्थानमा रहेका छन् । उनको कूल सम्पत्तिमा ३८८ मिलियन डलरको वृद्धि भएको छ ।


फोर्ब्सको सूचीमा ट्रम्प अघिल्लो वर्षभन्दा तीन सय स्थान तल झरेका छन् । अहिले उनी संसारका अर्बपतिको सूचीमा १२९९ औं स्थानमा छन् । सन् २०१७ मा राष्ट्रपतिको सपथ लिँदा ट्रम्पसँग साढे ३ अर्ब डलरको सम्पत्ति थियो अहिले त्यो घटेर २.४ अर्ब डलरमा पुगेको छ ।

फोर्ब्सको अर्बपति सूचीमा सुचिकृत एक मात्र नेपाली विनोद चौधरी भने यसपाली खस्किएका छन् । फोर्ब्सले सार्वजनिक गरेको धानाढ्यहरूको ४५औं वार्षिक सूची अनुसार चौधरी २१४१ स्थानमा छन् । अघिल्लो वर्ष उनी १५१३ स्थानमा थिए ।

दुई वर्ष लगातार उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ । सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो । सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको